असोज ३० गते २०८३ || October 16, 2026

पुस २५ गते संसद् बैठक बस्ने 


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९०४:४२

पुस २५ गते संसद् बैठक बस्ने 

काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संघीय संसद्‍को बैठक आह्वान गरेकी छिन् । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सो दिन संसद्‍ बैठक आह्वान भएको हो । मङ्सिर ४ गते सम्पन्न संघीय निर्वाचनपछि पहिलो पटक संसद्‍ बैठक आह्वान गरिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सोमबार मन्त्रिपरिषद् गठन भएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले संसद्‍ बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 


  • सम्बन्धित विषय:

  • # पुस २५ गते संसद् बैठक बस्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend