कात्तिक २ गते २०८३ || October 18, 2026

प्रदीप पौडेलको उपचारको लागि ब्रेन डेथ प्रकृयाको सुरुवात गर्ने योजना


सोमबार, कात्तिक २६ २०८११२:४५

प्रदीप पौडेलको उपचारको लागि ब्रेन डेथ प्रकृयाको सुरुवात गर्ने योजना

 स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचारको लागि ब्रेन डेथ प्रकृयाको सुरुवात गर्ने योजना भइरहेको बताएका छन्  ।  

सोमबार धरान उपमहानगरपालिकाको पार्टी कार्यालयमा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा उनले  ब्रेनडेथ भनेको मानिसको मृत्यु भएको २४ घण्टासम्म मानिसको आँखा मुटु, किट्नी, फोक्सो, कलेजो लगायत जीवित रहन्छ त्यसलाई  निकालियो भने अर्कोमा प्रत्यारोपण गर्न मिल्छ त्यसैले गर्दा यसको लागी परिवारले स्विकृत दिएमा परिवारलाई २ लाख सरकारले दिने व्यवस्था गरेको बताएका छन्  । “यसको लागी निर्णय गरेर पठाएको छौँ,” उनले भने   ।

यसले मानिसहरुलाई नयाँ जीवन र अंग मिल्छ भनि गर्न कोशिस गरिरहेको मन्त्री पौडेलले बताए  । परिवारले अंग दिने भनी जुन अस्पतालले खबर गर्छ उक्त अस्पताललाई पनि ७५ हजार दिने व्यवस्था रहेको उनले बताए  ।  यसकालागी सुरुमा अंग सङ्कलन गर्ने र अंग चाहिनेले निवेदन दिने र पहिले निवेदन दिनेलाई शुरुमा अंग प्रत्यारोपण गर्ने उनले बताए  । 

यसैसँगै आफ्नो अंग दान गरी पुण्य गर्न चाहेमा सरकारलाई निवेदन दिएर आफ्नो अंग दान गर्ने पनि नियम बनाउन लागी परेको मन्त्री पौडेलले बताए । आगामी दुई महिनामा डब्लुएचओबाट ३५ प्रकारको औंषधी ल्याई १४ वर्षको बालबालिकाहरुलाई निशुल्क दिने प्रकृया सुरु गर्ने उनले बताएका छन्  । “मङ्सिरदेखि १४ वर्ष मुनिका बालबालिकाहरुलाई ४ अस्पतालमा निशुल्क क्यान्सर उपचार गराउन सुरु गर्ने उनले बताएका छन् । 

यसैगरी मुटु रोगको उपचार र प्रत्यारोपणको प्रकृयाको ७ वटै प्रदेशमा गराउने उदेश्य रहेकोले लागी परेको मन्त्री पौडेलले बताए  । स्वास्थ्य स्वयंसेविकाहरुलाई जाँही जाँदा पनि भाडा नलिने व्यवस्था समेत बनाउदै गरेको उनले बताए  । त्यसको लागी स्वयंसेविकाहरुले ड्रेस लाउनुपर्ने हुन्छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend