काठमाडौं । “धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयनमा परेका टेलिचलचित्र कलाकर्मी ज्युहरुलाइ प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
धनेश्वर फिल्मस् एण्ड एभरटाइजिङ्ग प्रा.लि.का कार्यकारी निर्देशक खमेश श्रेष्ठ को सभाअध्यक्ष सम्पन्न कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो भने वरिष्ठ कलाकार लक्षण बिक्रम बस्नेत,कलाकार राजकुमार देवकोटा,विशाल राई (MFU),उत्तम के.सि विशेष अतिथि रहेको थियो ।
नेपाली टेलिफिल्म क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित यस अवार्डमा हास्य, सामाजिक, भावनात्मक तथा विविध विधामा आधारित टेलिफिल्म, वेव श्रृंखला तथा कलाकारहरूलाई अवार्ड प्रदान गरिने अग्रज कलाकार ज्युहरुलाई फरक फरक बिधा को सम्मान पनि गरिने धनेश्वर टेलिफिल्म अवार्ड का अध्यक्ष खमेश श्रेष्ठ ज्यु ले जानकारी दिनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौलाले नेपाली टेलिचलचित्र जगतमा सयौं टेलिफिल्महरूको माध्यमबाट हजारौं कलाकर्मीले लाखौं दर्शक–स्रोतासम्म हास्यव्यंग्यात्मक, भावनात्मक, सामाजिक, वास्तविक वा काल्पनिक विषयवस्तुका साथ आफ्नो कला प्रस्तुत गर्दै आइरहनुभएको छ । यस क्रममा नेपाली भौगोलिक क्षेत्रभित्र लोप हुँदै गएका विभिन्न जातजाति, भाषा, धर्म, भेषभूषा, र मौलिक कला संस्कृतिहरूको जगेर्ना, संरक्षण, र प्रवद्र्धन गर्न तथा सामाजिक रूपान्तरणको सन्देश फैलाउन टेलिफिल्महरू महत्त्वपूर्ण माध्यम बनेका कारण यस्तो अवार्डबाट प्रोत्साहित गर्नु राम्रो कार्य भएको बताउनु भयो ।
यिनै टेलिफिल्महरूले विकृति र विसंगतिविरुद्ध चेतना फैलाउँदै नेपाली समाजलाई सही दिशातर्फ उन्मुख गराउन मद्दत र्पुयाएको छ । साथै, मनोरञ्जनका माध्यमबाट जनचेतनाको वृद्धि गर्ने कार्यमा पनि उल्लेखनीय योगदान र्पुयाएको छ । यी अमूल्य र उत्कृष्ट कलामार्फत योगदान दिनुभएका टेलिचलचित्र कलाकर्मीहरूको उच्च सम्मान र पहिचान प्रदान गर्ने उद्देश्यका साथ “धनेश्वर टेलिफिल्म अवार्ड २०८१” आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।मनोनयनमा परेकाहरुको लागि केहि समय पछि डिजिटल वालेट मार्फत वा सामाजिक संजाल मार्फत भोटिङ खुल्ला गरिने आजोजक पक्षले जनाएको छ ।अवार्ड वितरण कार्यक्रमलाई भव्य बनाउन आयोजक पक्षले बिभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरु संग सहकार्यको लागि छलफल समेत गरिरहेको छ ।“धनेश्वर टेलिफिल्म अवार्ड–२०८१” का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयनमा परेकाहरुको विवरण यस प्रकार छ ।
https://pipalonline.com/posts/4681?fbclid=IwY2xjawHohoRleHRuA2FlbQIxMQABHU79-8pqt_hjlw6E8o8BQxSfnk44tPreps-rI08T5ErYWIzWMlnoc0ox-Q_aem_lTj5NajWtqUCLqQbW14M_w


