कात्तिक ३ गते २०८३ || October 19, 2026

मुटु रोगसम्बन्धी हेटौँडा अस्पतालमा सेवा सुरु


मंगलबार, फागुन २७ २०८१०३:५४

मुटु रोगसम्बन्धी हेटौँडा अस्पतालमा सेवा सुरु


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ उपचार सेवाको शुभारम्भ गरिएको छ । सेवाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मङ्गलबार एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन ।

सेवा शुभारम्भ गर्दै  मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौँडा अस्पतालको सेवा सुविधा बढ्दै जानुले प्रदेश सरकारको औचित्यलाई स्वास्थ्य क्षेत्रमा भएको विकासले पुष्टि गरेको बताएका छन । उनले प्रदेश सरकार मातहत आएकै कारण १३ वटै जिल्लाका अस्पतालको अवस्थामा सुधार हुँदै गएको बताएका छन ।
त्यस्तै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले सङ्घीयता लागू भएपछि विशेष गरी स्वास्थ्य, शिक्षा क्षेत्रले ठुलो फड्को मारेको बताए ।

टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गरेका  मुटु रोग विशेषज्ञ डा विकेश श्रेष्ठबाट हेटौँडा दैनिक रूपमा मुटु जाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए। क्याथ ल्याबको अभावले गर्दा अप्रेसन बाहेकका सबै मुटुको उपचार सेवा इसिजि, इको, टीएमटी, हल्टर, एविपी जस्ता परीक्षण हेटौँडाबाटै हुने उनले बताउए ।

अस्पतालमा मुटु रोग विशेषज्ञ आएपछि मुटुको इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । हेटौँडा अस्पतालमा गत २०८० सालमा नै मुटु रोगसम्बन्धी उपचार तथा परीक्षणका लागि उपकरण प्राप्त भएको थियो । मुटु रोग विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर रहेको थियो । रोटरी क्लब मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा एक करोड रुपियाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको रोटरी क्लबका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए। उक्त उपकरण प्राप्त भएसँगै अस्पतालले मुटु रोग सम्बन्धी विशेषज्ञ डा नियुक्तिको पहल गर्दै आएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend