काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले मिर्गौला दानका लागि आफ्नो नातागोतामात्र हुनुपर्ने ऐन कानुनलाई संशोधन गरिनुपर्ने बताएको छ । गृहमन्त्री खाणले आफ्नो अङ्ग दानले कसैको जीवन बचाउन मद्दत गर्छ भने यस्तो कार्य गर्नु हरेक नागरिकको कर्तव्य रहेकोमा जोड दिएको हो।
किस्ट मेडिकल कलेजद्वारा सोमबार आयोजित सप्ताहव्यापी विश्व मिर्गौला दिवस समापन कार्यक्रममा गृहमन्त्री खाणले यस्तो धारणा व्यक्त गरेको हो । उनले भने, “मानव अङ्ग दानबारे सकारात्मक सन्देश दिन आवश्यक छ । यस्तो राम्रो कार्य गर्न सबैलाई उत्साहित गर्नुपर्छ ।”
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहित आफूले मरणोपरान्त आफ्नो अङ्गहरू दान दिने प्रतिबद्धता गरेको र त्यसका लागि प्रक्रिया अगाडि बढाउन सम्बद्ध मन्त्रालयलाई आग्रह गरे । उनले मिर्गौला रोगका विषयमा जनचेतना जगाउन हुलाक टिकट र चित्रकलाको माध्यमले मद्दत पुग्नेसमेत चर्चा गरे।