असोज ३० गते २०८३ || October 16, 2026

सामाजिक सञ्जालमा यतिबेला कुलमान र बालेन ट्रेन्डिङमा


मंगलबार, चैत १२ २०८१०४:४४

सामाजिक सञ्जालमा  यतिबेला  कुलमान र बालेन ट्रेन्डिङमा

सामाजिक सञ्जाल यतिबेला कुलमान घिसिङ र बालेनमय बनेको छ । कुलमानलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउने मन्त्रिपरिषदको निर्णय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फेसबुकमा आफ्नो कर्मचारीले तलब नपाएको आक्रोशसहित राखेको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया दिइरहेका छन् । त्यस्तै फेसबुकमा पनि कुलमान घिसिङ ‘पपुलर नाउ’ (Popular Now) मा परेका छन् ।  उनीबारे सयौं पोस्ट तथा हजारौं कमेन्ट गरिएका छन् ।

सरकारको आलोचना गर्नेमा सत्तापक्षकै नेतादेखि विपक्षी दल र सर्वसाधारणसम्म छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मन्त्रिपरिषद्को निर्णय बाहिरिए लगत्तै सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असहमति जनाएका थिए । यसैगरी, कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारको कदमको विरोध गरे।


  • सम्बन्धित विषय:

  • # मेयर र उपमेयर
  • # कुलमान
  • # बालेन शाह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend