काठमाण्डौ - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि सुरु हुँदैछ । प्रत्यक कार्यकर्तासँग रकम समेत उठाउने निर्णय गरेको एमालेले निकै तामझामका साथ भोलि उद्घाटन गर्ने तयारी गरेको छ।
चितवनको नारायणी किनारमा निर्माण गरिएको मञ्च परिसरमा एकसिंगे गैंडाले कम्युनिष्ट पार्टीको झण्डा समातेको मस्कट उभ्याइएको छ ।
मञ्च परिसरमा कम्युष्टि पार्टीको झण्डा, एमालेको चुनाव चिह्न सूर्य र मार्ग दर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको ब्यानर राखिएको छ ।
एमाले नेता कार्यकर्ताहरु गाउँगाउँ टोलमा गएर मानिसहरूलाई महाधिवेशनमा आउन भनिरहका छन् भने गाडी र यातायातका साधन अभाव भएर पनि समस्या भइरहेका छन् ।
यस्तो बन्नेछ मंच
मञ्चको सबैभन्दा माथिल्लो कर्नरमा भाषण गर्ने कक्ष बस्नेछ । त्यसमा सातवटा इन्ट्री प्वाइन्ट छन् । सबभन्दा उत्तरतिरको प्वाइन्टबाट भीआईपी र मञ्चसँग सम्बन्धित अतिथिहरू र नेताहरूको प्रवेश हुन्छ । बाँकी ६ वटा प्वाइन्टबाट प्रतिनिधि वा उद्घाटन सत्रमा सहभागी हुने जनसमुदायहरूको प्रवेश हुने व्यवस्था छ।
त्यस्तै, उदघाटन स्थलमा ६ वटा खण्डको व्यवस्था छ । एउटा माथिल्लो मञ्च खण्ड हुनेछ । भाषण लामो हुने भएकाले नसुनिने हुन्छ कि भनेर ठाउँ–ठाउँमा डिस्प्ले राख्ने र माइक नारायणी पारिपटिट् पनि हुनेछ । माइकको व्यवस्थाका लागि प्राविधिक टोलीसँग छलफल भइरहेको नेताहरुले वताएका छन् ।
यस्तो हुनेछ सुरक्षा व्यवस्था
सहभागी हुन जो आउँछ, निजी गाडी वा मोटरसाइकल पार्किङका लागि १३ वटा स्थान तय गरिएको छ । वारि र पारि दुवैतिर त्यो हुनेछ । सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सुरक्षा अधिकारीसँग निरन्तर छलफल चलिरहेको नेताहरुले वताएका छन्। त्यसमा एआईजी लेबलको कमान्डमा सुरक्षा कमान्डमा खटिनेछ ।
आजै सुरक्षाकर्मीको नेतृत्व चितवन आउँदैछ । सुरक्षालाई ध्यानमा राखेर सङ्ख्या पनि बढाइएको छ भने ट्राफिक प्रहरीको सङ्ख्या पनि बढाइएको छ । ८० जना ट्राफिक थप्ने कुरा भएको छ । पूर्व र पश्चिमका दुवै जिल्ला नवलपुर र चितवनको पनि समन्वयमा सुरक्षाको व्यवस्था मिलाइएको छ ।
ठाउँ ठाउँमा गेट र स्वागतद्वार
विभिन्न ठाउँमा गेट, स्वागतद्वार बनाउने, सुन्दर बनाउने काम पनि भइरहेको छ । सबभन्दा धेरै मानिस आउने भएकाले आजैदेखि देशभरबाट मानिस आउने क्रम सुरु हुनेछ । कतिपयले गाडीमै खानुपर्ने स्थिति छ । होटलमा खाना नहुन सक्ने भएकाले आ–आफ्नो व्यस्था आफैंले गर्नु भनेका छौँ ।
कार्यक्रममा कोही इमरजेन्सी बिरामी भएको खण्डमा वा उनीहरूलाई पार गराउनुपरेको अवस्थामा इमरजेन्सी एक्जिटको व्यवस्था गरेका छौँ । एम्बुलेन्स, दमकल या कसैलाई प्लेन छुट्ने भयो भने उहाँहरूलाई अवरोध नहोस् भन्नका लागि व्यवस्था मिलाएका छौँ । यसरी नारायणी किनारमा हुने उद्घाटन सत्रको व्यवस्थापन भएको छ ।
बन्दसत्र होटल सेभेन स्टार (सौराहा) परिसरको बाहिरतर्फ आरम्भ हुनेछ । १० गते बेलुका केन्द्रीय समितिको बैठक सौराहामा नै बस्ने छ । आमसभा सकिएपछि मास आ–आफ्नो घर फर्कनेछ भने नेता, प्रतिनिधि स्वयंसेवक सौराहामा नै आउनुहुनेछ ।
सौराहामा हुने सत्रका लाग ५ सय र नारायणीमा हुने उद्घाटन सत्रका लागि ५ हजारको सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरेका छौँ । नारायणीमा टोपी लगाएका र सौराहामा पोसाकसहितका व्यक्ति हुनेछन् । क्यूआर कोड ट्रेस गरेर मात्रै नेताहरुले त्यहाँ प्रवेश पाउनेछन ।
भोटिङ मेसिनबाट भोट गर्न ४० जनाको प्राविधिक टोली बसेको छ । १०० वटा मेसिनमध्ये ९२ वटाबाट भोट हुनेछ । १ सयमध्ये आठवटा मार्जिनमा राख्ने भनेका छौँ ।