असोज २९ गते २०८३ || October 15, 2026

आफ्नै टिम मिलाउन सकेनन् गगन थापाले, महामन्त्री बन्ने सपनामा ठूलो धक्का


पिपल अनलाइन
सोमबार, मंसिर २० २०७८०५:४३

आफ्नै टिम मिलाउन सकेनन् गगन थापाले, महामन्त्री बन्ने सपनामा ठूलो धक्का

काठमाडौं -  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार घोषणा गरिसकेका गगन थापालाई ठूलो धक्का लागेको छ। 

गगन थापासँग नजिक रहेका युवा नेता प्रदिप पौडेल गगन थापाको प्रतिस्पर्धिको रुपमा मैदानमा आउने भएसँगै गगन थापालाई आपात परेको हो। 

एक अनलाइनसंग कुरा गर्दै प्रदिप पौडेलले औपचारिक रुपमा घोषणा नभए पनि म महामन्त्रीमा उठ्दैछु भनेर सबैलाई थाहा छ भन्ने प्रतिक्रिया दिएका थिए। 

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहेका महाधिवेशन प्रतिनिधि चयन भइसकेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत  हालसम्म २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ जसमध्ये अधिकांशमा संस्थापन पक्ष अगाडी देखिएको हो ।

२५ जिल्लाको सभापतिमध्ये संस्थापन पक्षले १४ जिल्लाको नेतृत्व हासिल गरेको छ । त्यस्तै संस्थापनइतर पक्षले ११ जिल्ला सभापतिमा जित हासिल गरेको हो ।

नेपाली कांग्रेसको बाँकी जिल्लामा अधिवेशन आज हुँदै छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend