नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममार्फत् प्राप्त गर्नुपर्ने रकम समयमा नपाउँदा समस्या भएको अस्पताल सञ्चालकहरूले बताएका छन्।
‘भरतपुर अस्पतालमा बीमाका बिरामी ७० प्रतिशत आउँछन्। अस्पताल चलेकै बीमा कार्यक्रमबाट हो भन्दा पनि हुन्छ। तर यही कार्यक्रमको रकम समयमा प्राप्त नहुँदा अस्पताल चलाउनै समस्या पर्ने अवस्था आउँदैछ,’ पौडेलले भने, ‘स्वास्थ्य बीमाले उठाएको अस्पताललाई, बीमाले नै डुबाउने जोखिम बढेको छ।’
‘सरकारले बजेटको सिलिङ नै बढाउँदैन। केन्द्रीय अस्पतालको मान्यता दिएको छ तर वर्षिक बजेट ४३ करोड रुपैयाँमात्रै छ। पूर्वाधार निर्माणदेखि तलब खुवाउनेसम्मको काम विकास समितिको पैसाले गर्नुपरेको छ,’ पौडेल भन्छन्, ‘अब विकास समितिको पैसाले धेरै समय थेग्न सक्दैन।’
बीमाको रकम असार मसान्तसम्म खप्टिँदै गयो भने ६५ करोड रुपैयाँभन्दा बढी हने मडिकल सुपरिटेण्डेन्ट पौडेल बताउँछन्।
गत असार मसान्तसम्ममा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको थियो।
बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो।
स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार पहिलो वर्ष बीमा कार्यक्रम बापत भरतपुर अस्पतालले बीमा बोर्डबाट एक करोड २८ लाख ९२ हजार दुई सय २० रुपैयाँ प्राप्त गरेको थियो।
आर्थिक वर्ष २०७५/७६ मा १४ करोड ५७ लाख २८ हजार दुई सय २२ र आव २०७६/७७ मा २३ करोड ८८ लाख चार सय ५० प्राप्त गर्यो।
यो वर्ष अस्पतालले बीमा कार्यक्रमबाट नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ रुपैयाँ प्राप्त गरेको थियो। आव २०७८/८९ मा ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ प्राप्त गर्यो।
आव २०८९/८० मा ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ र गत आवमा ५६ करोड १६ लाख ८८ हजार सात सय ५९ प्राप्त गर्यो।