कात्तिक ३ गते २०८३ || October 19, 2026

दक्ष जनशक्ति विदेशिनु चिन्ताको विषय राष्ट्रपति पौडेल


मंगलबार, वैशाख २३ २०८२०५:२१

दक्ष जनशक्ति विदेशिनु चिन्ताको विषय  राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष जनशक्ति विदेशिनुबाट रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्न आग्रह गर्नुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०, वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले पछिल्लो समय दक्ष चिकित्सक विदेशिनु चिन्ता विषय भएको बताउनुहुँदै यसलाई रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्न आग्रह  गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले प्रयाप्त अवसर नपाएर विदेशीने क्रम बढ्ने राज्यका लागि चिन्ताको विषय हो । दश जनशक्ति विदेशिनुबाट रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नु पर्छ ।”

उहाँले चिकित्सक पेसालाई सेवा भावको रूपमा हेर्न पनि आग्रह गर्नुभयो । उहाँले प्रतिष्ठानलाई आगामी दिनमा नयाँनयाँ बिदामा जनशक्ति उत्पादन गर्ने शुभकामना व्यक्त गर्नुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend