असोज ३० गते २०८३ || October 16, 2026

खाडीका श्रमिक त्रसित


बुधबार, असार ११ २०८२११:२६

खाडीका श्रमिक त्रसित

कतारमा सोमबार राति भएको घटनाक्रमले खाडीका छ देशमा कार्यरत नेपाली श्रमिक र नेपालमा रहेका ती श्रमिकका परिवार र आफन्त त्रसित भएका छन् ।

अमेरिकाले दुई दिनअघि इरानका आणविक केन्द्रमाथि गरेको आक्रमणको जवाफस्वरूप इरानले सोमबार साँझ दोहास्थित अमेरिकी सैन्य आधारमा मिसाइल प्रक्षेपण गरेसँगै मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिक र तिनीहरूको परिवारमा त्रास फैलिएको हो । 

मध्यपूर्वका देश (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, बहराइन) मा गरी १० लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । सोमबारको घटनाले ती देशमा काम गर्ने सबै श्रमिक त्रसित भएका छन् । इजरायल र इरानबिच युद्धविराम भएको भनिए पनि त्यसको पालना नभएको अवस्था छ । नेपाल वैदेशिक रोजगार सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले कतारमा हिजो भएको घटना सामान्य भएको भनिए पनि आमश्रमिकमा त्रास कम नभएको बताएका छन्  । अमेरिकी सैन्य शिविर खाडी क्षेत्रका प्रायः सबैमा देशमा रहेकाले सबैमा आक्रमण हुन सक्ने खतरा रहेको उनको भनाइ छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend