असोज २९ गते २०८३ || October 15, 2026

सुमन घलेको "सिङापुरे लाहुरे" को म्युजिक भिडियो सार्वजनिक


सोमबार, असार १६ २०८२०६:५४

सुमन घलेको "सिङापुरे लाहुरे" को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, असार १६ – नेपाली तामाङ सेलो गीत "सिङापुरे लाहुरे" को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतलाई यूवराज वाइबाले निर्देशन गरेका हुन् भने यो गितमा स्वर सुमन घले र सुमिना लोको रहेको छ।
यस सुन्दर भिडियोमा सुमन घले आफैं र मोडल सृजना निङलेकुको अभिनय देख्न पाइन्छ। उनीहरूद्वारा प्रस्तुत अभिनयले भिडियोलाई अझ आकर्षक बनाएको छ।
मुस्ताङको विभिन्न मनमोहक स्थानहरुमा गीतको छायाङ्कन  गरिएको थियोे, जसले नेपाली भौगोलिक सौन्दर्य र सांगीतिक सम्वेदनालाई उत्तिकै प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।
गीतको शब्द सिर्जना सुमन घलेले गरेका हुन् भने संगीत प्रकाश लामाले भरेका छन्। संगीत संयोजन विषम आचार्यले गरेका छन्। भिडियो सम्पादनको जिम्मा विकाश दाहालले सम्हालेका छन्। समग्रमा गीत र भिडियो दुवैको प्रस्तुति दर्शक श्रोतामाझ लोकप्रिय हुने विश्वास गरिएको छ। गीत अहिले युट्युब सहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत हेर्न र सुन्न सकिने छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend