नेपालि टेलिफिल्म जगत लाई सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्य का साथ आयोजना गरेको धनेश्वर टेलिफिल्म अवार्ड २०८२ ऎतिहासिक अवार्ड बनेको छ।
सस्कृत तथा पर्यटन मन्त्री बागमती प्रदेश माननीय सुरेश श्रेष्ठ ज्यु को प्रमुख अतिथि मा विशेष अतिथि मा बरिस्ठ पत्रकार एव निर्देशक प्रकाश सुवेदी बरिस्ठ कलाकार देशभक्त खनाल,लक्ष्मण बिक्रम बस्नेन गोर्खा मिलेनियम सेक्युरिटी सर्भिसेस प्रा.लि का लोक बहादुर कटुवाल राष्ट्रिय सङितकर्मि संघका महासचिव विनोद ढकाल समाजसेवि कुमार घतान,दिनेश राज पुरी दामोदर आर्याल लगायत थुप्रै बरिस्ठ कलाकार,समजसेवि र संघ सस्था का पदाधिकारी ज्युहरु को उपस्थिति मा कार्यक्रम उद्घाटन गरिएको थियो धनेश्वर फिल्मस प्रा.लि का संचालक खमेश श्रेष्ठ को सभाअध्यक्षता मा धनेश्वर फिल्मस प्रा.लि का प्रबन्धक बिकास थापा मगर कार्यक्रम संयोजक र अवार्ड संयोजक रमेश श्रेष्ठ कार्यक्रम व्यवस्थापक बिशाल राई (MFU) प्राबिधिक संयोजक रामकृष्ण कंडेल बजार व्यवस्थापक धनेश्वर फिल्मस का निवर्तमान अध्यक्ष समिर श्रेष्ठ लगायत टिमको तयारिमा यस धनेश्वर टेलिफिल्म अवार्ड २०८१/८२ कार्यक्रम भब्य रुप मा सम्पन्न भएको थियो।
विभिन्न बिधा ३४ बाट सर्वोत्कृष्ट ५ मनोनीत १७० जना टेलिफिल्म कलाकार, निर्देशक, निर्माता,प्राबिधिक मध्य सर्वोत्कृष्ट ,पब्लिक च्वाइस,जुरि र प्रोत्साहन अवार्ड गरि ६० जना कलाकर्मिज्युहरुलाई अवार्ड वितरण गरेका थिए भने विभिन्न बिधाका समाजसेवी सम्मान,पत्रकार तथा संचारकर्मि सम्मान नारी समाजसेवी सम्मान ,बरिस्ठ कलाकार सम्मान,बरिस्ठ गितकार/संगीतकार/गायक/सर्जक र २०८१/८२ भित्र विभिन्न प्रतिस्पर्धा मा भाग लिइ बिजेता सम्मान गरेका थिए।
नारी सम्मान मा मानवसेवा आश्रम मकवानपुर का संयोजक इशा थापा र फिउचर होप नेपाल बाल आश्रम का संचालक रिता सिवाकोटी (मुकुलि) लाई गरेका थिए। नेपाली टेलिफिल्म क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित यस अवार्डमा हास्य, सामाजिक, भावनात्मक तथा विविध विधामा आधारित टेलिफिल्म, वेव श्रृंखला तथा कलाकारहरूलाई अवार्ड प्रदान गरिएको अग्रज कलाकार ज्युहरुलाई फरक फरक बिधा को सम्मान पनि गरिएको धनेश्वर टेलिफिल्म अवार्ड का अध्यक्ष खमेश श्रेष्ठ ज्युले जानकारी दिनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री सुरेश श्रेष्ठ ज्युले नेपाली टेलिचलचित्र जगतमा सयौं टेलिफिल्महरूको माध्यमबाट हजारौं कलाकर्मीले लाखौं दर्शक–स्रोतासम्म हास्यव्यंग्यात्मक, भावनात्मक, सामाजिक, वास्तविक वा काल्पनिक विषयवस्तुका साथ आफ्नो कला प्रस्तुत गर्दै आइरहनुभएको छ ।
यस क्रममा नेपाली भौगोलिक क्षेत्रभित्र लोप हुँदै गएका विभिन्न जातजाति, भाषा, धर्म, भेषभूषा, र मौलिक कला संस्कृतिहरूको जगेर्ना, संरक्षण, र प्रवद्र्धन गर्न तथा सामाजिक रूपान्तरणको सन्देश फैलाउन टेलिफिल्महरू महत्त्वपूर्ण माध्यम बनेका कारण यस्तो अवार्डबाट प्रोत्साहित गर्नु राम्रो कार्य भएको बताउनु भयो ।यिनै टेलिफिल्महरूले विकृति र विसंगतिविरुद्ध चेतना फैलाउँदै नेपाली समाजलाई सही दिशातर्फ उन्मुख गराउन मद्दत र्पुयाएको छ । साथै, मनोरञ्जनका माध्यमबाट जनचेतनाको वृद्धि गर्ने कार्यमा पनि उल्लेखनीय योगदान र्पुयाएको छ । यी अमूल्य र उत्कृष्ट कलामार्फत योगदान दिनुभएका टेलिचलचित्र कलाकर्मीहरूको उच्च सम्मान र पहिचान प्रदान गर्ने उद्देश्यका साथ “धनेश्वर टेलिफिल्म अवार्ड २०८१/८२” आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।