असोज ३० गते २०८३ || October 16, 2026

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९०


मंगलबार, भदौ १७ २०८२०४:४९

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९०

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको छ । पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । सङ्क्रमितमध्ये आजसम्म १ सय ७४ जना निको भएका छन् ।

वीरगञ्ज र पोखरियामा हैजाको सङ्क्रमण छ । हैजा र झाडापखाला देखिएको वीरगञ्जमा समग्रमा ९ सय २० जना बिरामीमध्ये ८ सय जनाभन्दा धेरै उपचारपछि घर फर्किएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend