कात्तिक १ गते २०८३ || October 17, 2026

२४ घण्टामा २२ जनामा कोरोना पुष्टि


बिहीबार , चैत ३ २०७८०५:३८

२४ घण्टामा २२ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा १६ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ३ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

बिहीबार मात्र २२० जनाले कोरोना जितेका छन् भने एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन्। अहिले देशभर चार हजार ३७६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # कोरोना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend