असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधिसभा निर्वाचनमा १०७ चिह्न वितरण, ११४ दलले भाग लिने


सोमबार, मंसिर २२ २०८२१२:४५

प्रतिनिधिसभा निर्वाचनमा १०७ चिह्न वितरण, ११४ दलले भाग लिने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका १४३ मध्ये निर्वाचन प्रयोजनका लागि १२० राजनीतिक दलले आवेदन दिएकोमा ११४ वटा दलले निर्वाचनमा भाग लिने भएका हुन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दल एकल र १२ वटा दल संयुक्त निर्वाचन चिह्नमा चुनाव लड्ने छन् ।

यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । यस्तै, हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend