नेकपा एमालेको एघारौँ महाधिवेशन आउन अब ४ दिन बाँकी छ। ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
अहिलेसम्म दुई नेताहरूबीच प्रतिस्पर्धा हुने टुंगो लाग्दा अन्य पदाधिकारीकारे दवै पक्षबाट कुनै निर्णय भएको छैन ।
कुन टिमबाट कसले के पदमा उम्मेदवारी दिन्छन् ? यो कुरा सार्वजनिक गरिएको छैन। टिम सार्वजनिक नभए पनि पोखरेल र ओली रणनीति बनाउन लागिरहेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलको चहलपहल र बाहिरको राजनीतिक परिवेशलाई हेर्दा अहिले नेताहरू प्रतिनिधिसँग समूहगत छलफलमा छन् । उनीहरू एकअर्काका असन्तुष्टिमा पनि खेलिरहेका छन् ।