कात्तिक १ गते २०८३ || October 17, 2026

केपीजीले भन्दा बढी ईश्वरजीले ‘पार्टीमा योगदान गर्नुभयो, अष्टलक्ष्मी शाक्य


मंगलबार, मंसिर २३ २०८२०४:०६

केपीजीले  भन्दा बढी ईश्वरजीले ‘पार्टीमा योगदान गर्नुभयो, अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्वको पुस्ता हस्तान्तरणलाई बटमलाइन बनाएर अघि बढेको बताएकी छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्ट पार्टीमा सधै एकै व्यक्ति नेतृत्वमा बस्ने आकांक्षा कसैले गर्न नहुने बताउँदै अहिलेको आवश्यकताअनुसार अघि बढ्नु सुझाए दिएरै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अगाडि सारेको जनाइन् ।

‘पार्टीमा योगदान केपीजीले पनि गर्नुभएको छ, त्यो भन्दा बढी ईश्वरजीले गर्नुभएको छ तर अब ओलीजीले आराम गर्नुपर्छ, उमेरका हिसाबले पनि धेरै भइसक्नुभयो, मेरोभन्दा केही फरक न हो, आराम गर्नुपर्ने समयमा नेतृत्वमा बसेर समस्या पार्नुहुँदैन, त्यसैले अब विकल्प दिनसक्नुपर्छ भनेर मैले पहिलेबाटै उठाएको हो, ११ वर्ष नेतृत्व गरिसकेपछि आफ्नो क्षमता देखाइसक्नुभयो नि’ उनले भनिन्–‘यो विषयमा यसअघि उहाँ आफैले अघि सारेको विषय हो दुई वर्षे कार्यकाल र ७० वर्षको उमेर हद, अनि पार्टीमा पनि क्षमता भएका साथीहरुलाई जिम्मेवारी दिनुपर्यो नि, त्यही आधारमा हामीले ईश्वरजीलाई अघि सारेका हौं ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend