असोज ३० गते २०८३ || October 16, 2026

बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९०१:३२

बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

काठमाडौँ - आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ । 
    
    कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको दूध उपलब्ध गराउँदै आएको छ । गत भदौमा सञ्चालनमा आएको गृहमा रहेको मिल्क बैंकले स्तनपान गर्न नसक्ने, आमाको दूध नआउने बच्चालाई आमाहरुबाट दान गरिएको दूध उपलब्ध गराउँदै आएको छ ।
    
    ‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र’ अर्थात् ‘अमृत कोष’ नाम दिइएको यस बैंकमा दैनिक आमाहरुले दान गरिएको सङ्कलन भएको दूध बच्चालाई उपलब्ध गराउँदै आएको अस्पतालको प्रमुख बालरोग विशेषज्ञ तथा ‘ह्युमन मिल्क बैंक’का इञ्चार्ज डा कल्पना उपाध्याय सुवेदी बताए । 


  • सम्बन्धित विषय:

  • # बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend