काठमाडौं - चर्चित गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर विश्व कीर्तिमान बनाएका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् ।
गायक लामाले सोमबार समुद्री सतहबाट ६,५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३,६०० मिटरभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६,४७० मिटरमा मान्छेले गाएका रहेछन् ।
मैले चाहिँ ६,५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ’, गायक लामाले नयाँ कीर्तिमानी बनाउँदाको अनुभव सुनाए, ‘यो गीत त्यहाँ पुगेर गाउनुको मुख्य उद्देश्य अहिले संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु हो ।’
गायक लामाको हजारौं गित नेपाली सांगीतिक बजारमा चर्चामा छन्। सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘हिमालले डाक्यो मलाई’ लगायत ‘मंगोलियन हार्ट’ को अन्य हिट गीतहरू पनि गाएको बताएका छन् ।