कात्तिक १ गते २०८३ || October 17, 2026

सदु खनालको शब्द रचनामा ‘मायाको मौसम’ म्युजिक भिडीयो  सार्वजनिक


बिहीबार , वैशाख २२ २०७९०३:२१

सदु खनालको शब्द रचनामा  ‘मायाको मौसम’ म्युजिक भिडीयो  सार्वजनिक

काठमाडौं - सदु खनालको  शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’  सार्वजनिक भएको छ। यस गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि पी खनालको सुमधुर स्वर सुन्न सकिन्छ।  रोमान्टिक भर्सनको ‘यस गीतलाई शंकर थापा ‘स्माइल’को संगीतवद्द गरेका हुन् । गीतमा  विश्व अधिकारीको  संगीत संयोजन रहेको छ।  

मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको  भिडियोमा सुधिर श्रेष्ठ  र जुना कार्कीले अभिनय गरेका छन् । इलाम र झापाका मनोरम दृश्यहरुमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका हुन् ।

दिन्शन शाहले भिडियोको सम्पादन एवं कलर गरेका हुन् । मोडल सुधिरको युट्युब च्यानल 'सुधिर श्रेष्ठ सिर्कार' मार्फत भिडियो सार्वजनिक गरिएको हो ।


  • सम्बन्धित विषय:

  • # मायाको मौसम


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend