असोज ३० गते २०८३ || October 16, 2026

आज ग्याल्पो ल्होसार,  शेर्पा समुदायले विशेष कार्यक्रमका  साथ मनाउँदै


पिपल अनलाइन
मंगलबार, फागुन ९ २०७९०७:३७

आज ग्याल्पो ल्होसार,  शेर्पा समुदायले विशेष कार्यक्रमका  साथ मनाउँदै

 काठमाण्डौँ - आज ग्याल्पो ल्होसार । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।

पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आज ग्याल्पो ल्होसार,  शेर्पा समुदायले विशेष कार्यक्रमका  साथ मनाउँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend