असोज ३० गते २०८३ || October 16, 2026

लोकगायिका कल्पना दाहालले गरिन सुटुक्क ‘कोर्ट म्यारिज’


बिहीबार , जेठ १९ २०७९१२:०९

लोकगायिका कल्पना दाहालले गरिन सुटुक्क  ‘कोर्ट म्यारिज’

काठमाडौं - चर्चित लोकगायिका कल्पना दाहालले विवाह गरेकी छन् । उनले ‘कोर्ट म्यारिज’ गरेकी हुन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।

दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएकी हुन् ।

उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए । तर गायिका दाहालले सञ्चार माध्यहरुलाई आफ्नो बिहे नभएकाे बताएकी छन् । गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहेको पुष्टि गरेको छ ।


  • सम्बन्धित विषय:

  • # कल्पना दाहाल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend