असोज २९ गते २०८३ || October 15, 2026

चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलव सहयोग गर्ने  


शनिबार, जेठ २१ २०७९०४:२५

चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलव सहयोग गर्ने  

काठमाडौं - पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो ५ महिनाको तलव सहयोग गर्ने भएका छन् । ‘सर्वजित’ नामका चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा हुनेछ ।

सो चलचित्र निर्माणका लागि मन्त्री आलेले पार्टीको लेभी काटेर बाँकी ५ महिनाको तलव आर्थिक सहयोग दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास वालुवाटार आज एक कार्यक्रमकाबीच चलचित्रको शुभ मुहूर्त कार्यक्रममा भएको थियो । उक्त कार्यक्रममा बोल्दै मन्त्री आलेले सहयोगको घोषणा गरे । सो चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्ने भएका छन् ।

चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् ।आज जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस हो । यही अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको छ। चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # पर्यटनमन्त्री
  • # चलचित्र
  • # सहयोग


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend