कात्तिक १ गते २०८३ || October 17, 2026

गायक धर्मेन्द्र सेवानको आवाजमा नायिका नम्रता मख्खै (भिडियो सहित)


सोमबार, जेठ ३० २०७९१२:४३

गायक धर्मेन्द्र सेवानको आवाजमा नायिका नम्रता  मख्खै (भिडियो सहित)

काठमाण्डौ  - चर्चित गायक धर्मेन्द्र सेवानको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सेवानले आफ्नै अफिसियल युटुब च्यानलमार्फत सो भिडियो सार्वजनिक गरेका हुन् ।  

धन माया परियारको शब्द, संगीत रहेको  ‘एैयो रैयो सैयो’ बोलको गीतमा गायक धर्मेन्द्र स्वयमले स्वर भरेका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ।

सो म्युजिक भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पबन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ।

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोलाई   सञ्जित श्रेष्ठले छायाँकन गरेका छन् । त्यस्तै, यस रमाइलो भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

 


  • सम्बन्धित विषय:

  • # धर्मेन्द्र सेवान
  • # नायिका नम्रता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend