कात्तिक १ गते २०८३ || October 17, 2026

‘जिन्दगीको गोरेटोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक


बिहीबार , असार २ २०७९०८:३५

‘जिन्दगीको गोरेटोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं  -  ‘जिन्दगीको गोरेटोमा’ बोलको गीत सांगीतिक बजारमा सार्वजनिक भएको छ । उक्त गीतको भिडियो बुधबार राइज मिडिया नेटवर्कको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायिका सुनिता दुलाल र गायक अर्जुन सुनमको आवाजमा 
सो गित सुन्न सकिन्छ । गीतकार कमला बोहरा खत्रीको शब्दमा गायक तथा संगीतकार सुनमले नै संगीत भरेका छन् ।  प्रसन परियारले संगीत संयोजन गरेका हुन् ।

‘जिन्दगीको गोरेटोमा’ म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लको अभिनय  देख्न सकिन्छ । कुमार कटवालले छायांकन गरेको भिडियोलाई  राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् । यति रमाइलो भिडियोको निर्देशन भने सुब्रतराज आचार्यले गरेका छन् ।  


  • सम्बन्धित विषय:

  • # ‘जिन्दगीको गोरेटोमा’


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend