असोज ३० गते २०८३ || October 16, 2026

‘ज्योतिषीले भनेको’ म्युजिक भिडियोमा अनु र लोमस शर्माको कडा ठुम्का


बुधबार, असार ८ २०७९०८:२८

‘ज्योतिषीले भनेको’ म्युजिक भिडियोमा अनु र लोमस शर्माको कडा ठुम्का

काठमाडौं - गीतकार प्रमोद भट्टराईको शब्दमा ‘ज्योतिषीले भनेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन जोडिएको गीतमा संगीत कृति न्यौपानेले भरेका हुन्।

सो गीतमा चर्चित गायक निशान भट्टराई र गायिका मेलिना राईको आवाज सुन्न सकिन्छ। गीतमा एरेञ्जको काम पुरुषोत्तम सुवेदीले गरेका छन् । गीतकार भट्टराईले यो गीतबाट मनोरञ्जनसँगै प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि विश्वास र बुझाईमा भर पर्ने सन्देश दिइएको बताए ।

नाचौं नाचौं लाग्ने सार्वजनिक भिडियोमा मोडलद्वय अनु पराजुली र लोमस शर्माले बबाल अभिनय गरेका छन् । फर्पिङ आसपासका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई विनोद बमले निर्देशन गरेका छन् । सम्पादन तथा कलरको काम पनि निर्देशक विनोदको नै छ ।


  • सम्बन्धित विषय:

  • # म्युजिक भिडियो
  • # कडा ठुम्का


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend