कात्तिक १ गते २०८३ || October 17, 2026

कलाकार प्रशान्त तामाङलाई पुत्रीलाभ


बुधबार, साउन ११ २०७९०९:५२

कलाकार प्रशान्त तामाङलाई पुत्रीलाभ

काठमाडौं - कलाकार प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती मार्था एलीले छोरी जन्माएकी छिन् । यो खबर प्रशान्तले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

प्रशान्तले बुधबार आफ्नो फेसबुक अकाउन्टमा छोरीको तस्बिरसहित लेखेका छन्, ‘मेरी राजकुमारीलाई यो संसारमा स्वागत छ । तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ।’

उनीहरुले आफ्नी छोरीको नाम आरिया राखेका छन् । प्रशान्त तामाङ इन्डियन आइडल ३ का बिजेता हुन् र उनकी श्रीमती मार्था भने एयर होस्टेस हुन् ।


  • सम्बन्धित विषय:

  • # कलाकार
  • # प्रशान्त तामाङ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend