काठमाडौँ - 'पापाकी परि' म्युजिक भिडियो युटुब ट्रेन्डीङको २६औं नम्बरमा आउन सफल भएको छ । सो भिडियो आशिष अभिरलको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरेको केहि दिनमै ट्रेन्डीङमा आउन सफल भएको हो ।
शिब हमालको शब्द, आशिष अभिरलको संगीत रहेको सो गीतमा गायिका शुशिला पाठक र स्वयंम संगीतकार अभिरलको अवाज सुन्न सकिन्छ । छोटो समयमा यस गीतले लोकप्रियता पाएसंगै विवादमा पनि तानिएको छ ।
यस म्युजिक भिडियोमा चर्चित मोडेल करिश्मा ढकाल, मौसम हिमाली, आशिष अभिरल र शुशिला पाठक लगाएतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । तीज गीतमा आधारित म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् भने दृश्य छायांकन नबराज उप्रेतीले गरेका हुन् ।
भिडियोको एउटा दृश्यलाई लिएर चर्को आलोचना भैरहेको छ । गायिका पाठकले भने यो सम्पूर्ण जानकारी पत्रकार सम्मेलन गरि प्रस्ट पारिदिने बताएकी छिन् ।
पुरा भिडियो हेर्न :