असोज ३० गते २०८३ || October 16, 2026

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन


बुधबार, साउन २५ २०७९११:०४

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन

काठमाडौं - नेपाली चलचित्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण ५४ वर्षका पाण्डेको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।


  • सम्बन्धित विषय:

  • # बिदुर पाण्डे
  • # छायाँकार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend