असोज ३० गते २०८३ || October 16, 2026

'फूलै फूल दिन्छौ कि' म्युजिक भिडियो युटुब ट्रेन्डीङ १५ मा


आइतबार, भदौ ५ २०७९१२:२०

'फूलै फूल दिन्छौ कि' म्युजिक भिडियो युटुब ट्रेन्डीङ १५ मा

काठमाडौँ - चर्चित गायक शिव परियारको आवाजमा रहेको 'फूलै फूल दिन्छौ कि' म्युजिक भिडियो युटुब ट्रेन्डीङ १५ मा आएको छ। सो गीतको रिमेक भर्सनमा आशिष अविरलले संगीत संयोजन गरेका हुन्।

आनन्द अधिकारीको शब्द रहेको सो म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको लोभलाग्दो अभिनय देख्न सकिन्छ। माया प्रेममा आधारित दृश्यले आम दर्शकको ध्यान केन्द्रित गरिएको पाइन्छ ।    

सौरभ लामिछानेले छायांकन गरिएको रोमान्टिक भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् भने बिबेक रसाइलीले निर्देशन गरेका हुन् ।

उक्त म्युजिक भिडियो आशिष अविरलको आफ्नै अफिसियल च्यानल डिजिटल बजारमा सार्वजनिक गरिएको छ । 'फूलै फूल दिन्छौ कि' अहिले युटुब ट्रेन्डीङ १५ आएसंगै टिकTटकमा पनि अत्यधिक भाइरल भैरहेको छ ।

पुरा भिडियो हेर्न : 


  • सम्बन्धित विषय:

  • # शिव परियार
  • # आशिष अविरल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend