असोज ३० गते २०८३ || October 16, 2026

जोसेफ शाही ठकुरीको ‘दरबारे माया’ गीतको भिडियो सार्वजनिक


आइतबार, भदौ २६ २०७९१०:३५

जोसेफ शाही ठकुरीको ‘दरबारे माया’ गीतको भिडियो सार्वजनिक

काठमाडौं - संगीतकार जोसेफ शाही ठकुरीको ‘दरबारे माया’ गीतको भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै आधिकारीक युट्युव च्यानलमार्फत सो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द, संगीत जोसेफ आफैले सिर्जना गरेका हुन् । पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीत ए–वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा चर्चित मोडल बिना राउत, सुरज मल्ल, भद्र कुँवर, सङ्गकला गौतम र सचिन गौतम लगाएतको अभिनय हेर्न सकिन्छ । बसन्त कुँवरको छायाँकन र टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको ‘दरबारे माया’ गीतको भिडियो निर्देशन गौरब गिरीले गरेका हुन् ।

यसअघि गायक जोसेफले गाएको गीत ‘पियारी’ निक्कै रुचाइएको थियो । त्यहि शैलीको तर अलि फरक भावमा प्रस्तुत गरिएको गीत ‘दरबारे माया’लाई फेरी पनि आम स्रोता, दर्शकले मन पराउने अपेक्षा गाएकले लिएका छन् ।

पुरा भिडियो : 


  • सम्बन्धित विषय:

  • # दरबारे माया


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend