असोज ३० गते २०८३ || October 16, 2026

चर्चित गायक कमल खत्री र गायिका मेलिनाबीच इन्गेजमेन्ट


सोमबार, भदौ २७ २०७९१२:१४

चर्चित गायक कमल खत्री र गायिका मेलिनाबीच इन्गेजमेन्ट

काठमाडौँ - केही समयदेखि प्रेम सम्बन्धमा रहेका चर्चित गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच इन्गेजमेन्ट भएको छ ।आइतबार उनीहरूले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै आफूहरूबिच इन्गेजमेन्ट भएको जानकारी दिएका हुन् ।

एउटै स्टाटस सेयर गर्दै उनीहरूले जीवनको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । ‘चाहना यति छ कि साथ तिम्रो होस र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एक अर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौँ,’ उनीहरूले भनेका छन् ।

भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको समयदेखि प्रेम सुरु भएको हो ।कमलसँग गाएको ‘फिका फिका’ बोलको गीत हिट भएपछि मेलिना चर्चामा आएकी थिइन् ।


  • सम्बन्धित विषय:

  • # कमल खत्री
  • # मेलिना मैनाली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend