असोज ३० गते २०८३ || October 16, 2026

पलद्वारा उच्च अदालत पोखरामा निवेदन दर्ता


शुक्रबार, कात्तिक २५ २०७९०९:४८

पलद्वारा उच्च अदालत पोखरामा निवेदन दर्ता

काठमाडौं - नेपालकै चर्चित अभिनेता पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदनका लागी निवेदन दिएका छन् । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका शाहले फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै आज उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा रहेका छन् ।


  • सम्बन्धित विषय:

  • # पल शाह
  • # उच्च अदालत पोखरा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend