असोज २९ गते २०८३ || October 15, 2026

साम्राज्ञीसँग मुद्दा हारे भुवन केसीले, पाएनन् १० करोड


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००६:५३

साम्राज्ञीसँग मुद्दा हारे भुवन केसीले, पाएनन् १० करोड

 काठमाण्डौँ - अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहविरूद्व दायर गरेको मुद्दा हारेका छन् ।

काठमाडौं जिल्ला अदालतले अभिनेत्री साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो । केसीले साम्राज्ञीविरूद्व गाली बेइज्जतीमा मुद्दा दर्ता गरेका थिए । उनले साम्राज्ञीसँग १० करोड क्षतिपूर्तिमा माग गर्दै मुद्दा दायर गरेका थिए ।

तर केसीको मुद्दामा दाबी नपुग्ने भन्दै अदालतले साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो । साम्राज्ञी यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि भुवन अदालत पुगेका थिए ।

साम्राज्ञीले सुटिङका क्रममा भुवनले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै तीन वर्षअघि सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन्।


  • सम्बन्धित विषय:

  • # साम्राज्ञीसँग मुद्दा हारे भुवन केसीले, पाएनन् १० करोड
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend