फागुन २९, २०७९
गायक उत्सब सुब्बा लामा नेपालको एक लोकप्रिय गायक हुन् । उनले नेपालमा प्रचलित सबै प्रकारका गीतहरुमा आफ्नो आवाज भरीसकेका छन् । गीत लेखन र सँगीत गर्न उत्तिकै सिपालु उनी एक भर्सटायल गायक पनि हुन् । नेपालमा हुने थुप्रै प्रत्यक्ष गायन प्रतियोगिताहरुमा समेत कुशल निर्णायकको भुमिका निर्वाह गरिसकेका गायक लामाको जन्म १३ अगस्ट २०८२ मा थाक्रे १० धादिङ नेपालमा भएको हो । उनले बिगत २ दशक देखि अनवरत रुपमा आफ्नो योगदान दिई नेपाली गीत संगीतलाई रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन अहम भुमिका खेलेका छन् ।
झिल्के दाजु रामकुमार, हेलम्बु बजार ,रनन रन्किने, चंचले जवानी, धादिङ गजुरी, रातो साडी रातो पछेउरी,सालघारीमा साल, फूल फुल्यो गुराँस भिरमा, माथी माथी लेकमा, गाउछ मेरो दिल, साँझको जुन, तिमीसँग जिउने आदि गीतहरु लामाका चर्चित छन् । हालै मलेसियामा सम्पन्न भएको उद्दार खबर अन्तर्राष्ट्रिय म्यूजिक अवार्ड एनआरएन को सर्वोत्कृष्ट गायकको विधा तर्फबाट गायक लामाले अवार्ड हात पार्न सफल भएका छन् ।
उक्त अवार्ड कार्यक्रम उद्दार खबरका अध्यक्ष सानुकान्छा शाहिको सभापतित्व र मलेसिया एनआरएन का अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरु र पत्रकारहरुको पनि सहभागिता थियो ।