सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउन सबैमा आव्हान गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकले सो आव्हान गरेको हो ।
असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रूपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनुभयो । उहाँले असोज २ गतेलाई विशेष उत्साहका साथ मनाउने प्रतिबद्धता जनाउनुभयो ।
आफ्नो ठाउँबाट कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक रूपमा मनाउन मन्त्री राईले आह्वान गर्नुभयो । उहाँले शिक्षा दिवस उपलब्धिमूलक र परिणाममुखी बनाउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।