असोज ३० गते २०८३ || October 16, 2026

निर्देशक पवन भुजेलको वेब सीरीज 'प्रेम कथा' को टिजर सार्वजनिक(भिडियोसहित)

'प्रेम कथा' को टिजर सार्वजनिक


शनिबार, असार २९ २०८१११:४३

निर्देशक पवन भुजेलको वेब सीरीज 'प्रेम कथा' को टिजर सार्वजनिक(भिडियोसहित)

काठमाडौं - छायाँकार तथा निर्देशक पवन भुजेलले मायामा आधारित वेब सीरीज 'प्रेम कथा' को टिजर सार्वजनिक गरेका छन् । सो टिजर 'फ्रिडम इन्टरटेनमेन्ट'को अफिसियल युटुव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

नेपालमा प्राय सेन्टिमेन्टल सिरियलहरु चर्चामा रहेको बेला भुजेलले माया प्रेमको कुरा उठान गरि 'प्रेम कथा' नामको वेब सिरिज बजारमा ल्याएका छन् । एउटी महिला तथा आफ्नी प्रेमिकाको लागि ज्यान पनि दिन तयार हुनुपर्छ भन्ने कथा यस टिजरमा उल्लेख गरिएको छ । 

पवन भुजेलको लेखन/निर्देशन/सम्पादनमा तयार भएको उक्त सिरिजमा सबिन बास्तोला, मिना जिसी, सुदिप खतिवडा, मुस्कान लामा, सन्ध्या खड्का,राकेश रणपाल,भगवान भण्डारी, सुहान थापा, नवराज सापकोटा,हिरा थिङ, श्याम कृष्ण बलामी, डी.बि मोक्तान र सुशान्त थिङ आदि कलाकारहरुको अभिनय देख्न सकिने छ । बिबेश भुजेलको छायांकन रहेको भिडियोको निर्मात्री भने सरु भुजेल रहेकी छिन्।  

पवन भुजेल एक सफल छायाकार तथा निर्देशक पनि हुन् । उनले दर्जनौं नेपाली सिरियलमा छायांकनसंगै भिडियो सम्पादन गरिसकेका छन् । यो फरक धारमा काम गर्ने अठोट लिएका पवन भुजेल र 'प्रेम कथा' को सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।

टिजर हेर्न :




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend