कात्तिक १ गते २०८३ || October 17, 2026

नेत्र राउत 'तिखे' को नयाँ कमेडी सिरियल : 'ख्याल ठट्टा'  


सोमबार, फागुन ३० २०७८०९:२८

नेत्र राउत 'तिखे' को नयाँ कमेडी सिरियल :  'ख्याल ठट्टा'  

काठमाडौं - कमेडी सिरियलका कथा लेखक तथा निर्देशक नेत्र राउत 'तिखेले' नयाँ सिरियल 'ख्याल ठट्टा'  नेपाल टेलिभिजन बाट प्रशारणमा ल्याएका छन् ।  निर्देशक नेत्र राउत 'तिखे  र कलाकार नविना सिलवाल 'खुइली' को सहकार्यमा सो सिरियल रास्ट्रिय टेलिभिजन र डिजिटल मिडिया युटुब मार्फत प्रशारणमा ल्याएका हुन् ।

यस सिरियल समाजमा घटेका वास्तविक यथार्थलाई चरित्र पात्रको माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ । सकेसम्म आफ्ना दर्शकलाई हाँसोको फोहोराले मनोरन्जन दिने निर्देशक राउतले जानकारी दिए । पछिल्लो समय नेपाली डिजिटल बजार अर्थात् युटुबमा धेरै प्रकारका सिरियल देख्न सकिन्छ । अन्य सिरियल भन्दा 'ख्याल ठट्टा' फरक किसिमको र धेरै मनोरञ्जन दिलाउने खालको भएको उनले बताए ।

यस 'ख्याल ठट्टा' का कथा \निर्देशन स्वयम नेत्र राउत 'तिखेले' गर्ने भएको छ । राहुल राईको छायांकनलाई, राजेन्द्र मानन्धरले सम्पादन गर्ने सिरियलका निर्माता दुर्गा बन्जाडे हुन् । उक्त सिरियलको टाइटल गीतमा कृष्ण राज भण्डारीको शब्दलाई गायक बिनय कार्कीले संगीत गरेका छन् भने कार्की स्वयम र नविना सिलवाल 'खुइली' ले आवाज भरेका छन् । बिनोद राई, मुकुन्द थापा, राजेन्द्र नेपाली,सस्मिता गिरि, नाब्जुंग थापा, नविना सिलवाल, नेत्र राउत, हेम श्रेष्ठ, मुस्कान लामा र दुर्गा बन्जाडे लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।   

कि इन्टरटेनमेन्ट एन्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण हुने उक्त सिरियल हरेक हप्ताको बुधबार ७ :२५ बजे  नेपाल टेलिभजनमार्फत प्रशारण हुने निर्माण टिमले जानकारी दिएको छ । त्यस्तै सोहि समयमा 'एन स्क्वायर' नामको अफिसियल युटुब च्यानलबाट प्रतक्ष्य हेर्न सकिने बताइएको छ । 

'ख्याल ठट्टा' पुरा भाग हेर्न : 


  • सम्बन्धित विषय:

  • # कमेडी
  • # 'ख्याल ठट्टा'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend