असोज २९ गते २०८३ || October 15, 2026
पशुपतिनाथ मन्दिरमा तीजको सम्पूर्ण तयारी पूरा

पशुपतिनाथ मन्दिरमा तीजको सम्पूर्ण तयारी पूरा


पिपल अनलाइन
बिहीबार , भदौ २० २०८१०५:००

पशुपतिनाथ मन्दिरमा तीजको सम्पूर्ण तयारी पूरा

 काठमाडौँ - यस वर्ष शुक्रबार परेको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको छ ।

पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो ।

मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी गौरीघाट उमाकुण्ड दक्षिणामूर्ति रुद्रगाडेश्वर वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरीभुवनेश्वर शंकराचार्य मठ हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए ।

यसैगरी तेस्रो लाइन पिंगलास्थान वनकाली चार शिवालय हुँदै पञ्चदेवल पूर्व बज्रघर दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली गौशालातर्फबाट पिंगलास्थान(वनकाली चार शिवालय हुँदै पञ्चदेवल पूर्व बज्रघर दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने सदस्यसचिव थापाले जानकारी दिए ।

#पशुपतिनाथ मन्दिर


  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ मन्दिरमा तीजको सम्पूर्ण तयारी पूरा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend