असोज ३० गते २०८३ || October 16, 2026

उपत्यकाका तीनवटै प्रशासनले कसैलाई इच्छाविपरीत जबरजस्ती रङ लगाउने काम नगर्न आग्रह


बुधबार, फागुन २८ २०८१०५:२५

उपत्यकाका तीनवटै प्रशासनले  कसैलाई  इच्छाविपरीत जबरजस्ती रङ लगाउने काम नगर्न आग्रह

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालले होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छ । यही फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ । 
 काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले  तडकभडक नगरि  शान्तिपूर्ण रूपले  पर्व मनाउन सबैमा अनुरोध गरेका छ ।  
उसले मंगलबार एक सूचना जारी गर्दै भनेका छन्, 'सामाजिक व्यवहार   ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ चाडपर्वहरूको अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन  गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, फोहोरा पानी हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend