असोज ३० गते २०८३ || October 16, 2026

होलीमा रङ्गिए विदेशी पर्यटक


बिहीबार , फागुन २९ २०८११२:५२

होलीमा रङ्गिए विदेशी पर्यटक

काठमाडौं वसन्तपुर क्षेत्रमा बिहानैदेखि होलीको उत्सव सुरु भएको छ । विदेशी पर्यटकदेखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।

विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक रङ्गको पर्व होलीको उमङ्गमा रमेका छन् । काठमाडौँको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्र नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रङ्ग, अबिर लगाएर नाचगान गरेर होली मनाइरहेका छन् । होलीको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावको सन्देश लिएर आउने होली पर्व आज काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एकआपसमा रङ्ग, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend