कात्तिक १ गते २०८३ || October 17, 2026

आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड, यो वर्ष को बन्लान् महामूर्ख ?


शुक्रबार, चैत १ २०८१०४:३५

आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड, यो वर्ष को बन्लान् महामूर्ख ?

कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छ  । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजक समक्ष गर्ने गरिएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद्  जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होली महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनु भयो 
मिनाप महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न फागुन २९ गते  र आज चैत १ गते दुई दिवसीय होली महोत्सव आयोजना गरिएको बताउनुभयो । 
महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन छ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend