असोज ३० गते २०८३ || October 16, 2026

इन्कारी बयान पछी अभिनेता पल शाहलाई पुनः तनहुँ नै फर्काइयो


मंगलबार, चैत १ २०७८०७:२९

इन्कारी बयान पछी अभिनेता पल शाहलाई पुनः तनहुँ नै फर्काइयो

काठमाडौं - नाबालिक गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले नवलपुरको गैंडाकोटमा इन्कारी बयाद दिएका छन्।

गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाको लगिएका उनले त्यहाँ पनि नाबालिक गायिकालाई आफूले बलात्कार नगरेको बयान दिएका छन्। शाहले तनहुँमा पनि ती नाबालिग गायिकाको कोठामा छिरे पनि सँगै नसुतेर आफ्नै कोठामा फर्किएको बयान दिएका थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरले आवश्यक बयान र सोधपुछ सकिएपछि पललाई तनहुँ नै फर्काइएको जानकारी दिएको छ।

नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि दमौलीमा जस्तै आफूलाई जवरजस्ती करणी गरिएको भन्दै नाबालिका गायिकाले पलविरुद्ध जाहेरी दिएकी थिइन्। पहिलो घटना त्यहीँ भएको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि पीडितका आफन्तले जाहेरी दिएका थिए। पललाई नवलपुरमा ल्याएपछि सरकारी वकिलसमक्ष राखेर बयान लिइएको थियो।

शाहलाई जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ। त्यो पनि अब सकिन लागेको छ। प्रहरीले सरकारी वकिलमार्फत दुवैतिर मुद्दा अदालत लैजाने तयारी गरेको छ।

 


  • सम्बन्धित विषय:

  • # पल शाह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend