असोज २९ गते २०८३ || October 15, 2026

नबिल बैंक उत्कृष्ट प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित


मंगलबार, साउन ६ २०८२०५:४०

नबिल बैंक उत्कृष्ट प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ। 

आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो।आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेको थियो। 

बैकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुनेछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend