काठमाण्डाै - गायक प्रकाश सपुतले आफ्नो गीत 'पिर' को भिडियोमा यौनकर्मीको दृष्य हटाएर अर्को भिडियो अपलोड गरेका छन्। माओवादीकाे भातृ सङ्गठनले तिब्र दबाब दिएपछी गायक सपुतले उक्त भिडियोलाई केहि किलिप सम्पादन गरेर पुन अपलोड गरेका हुन्।
माओवादीका पूर्व लडाकु महिलाले जीवन जिउन समस्या परेपछि यौनकर्मी बन्नुपरेको दृष्य गीतको भिडिओमा राखेपछि विभिन्न बहस र विवाद उत्पन्न भएका थिए । कतिपयले प्रकाश सपुतले कलामार्फत माओवादी आन्दोलनमा लागेकाहरुको यथार्थ दृष्य प्रस्तुत गरेको बताएका थिए भने माओवादीकाे भातृ सङ्गठनले गीतको भिडिओमा आपत्तिजनक दृष्य राखेर माओवादी आन्दोलनलाई बदनाम गर्न खोजेको भन्दै आपत्तिसमेत जनाएका थिए ।
भिडिओको बारेमा बहस र विवाद भएपछि सपुतले अहिलेका परिवर्तन माओवादी आन्दोलनकै कारण आएको विषय भिडिओमा समेटिएको र केहिका दु:खलाई देखाउने प्रयास गरेको भन्दै राजनीतिकरण नगरिदिन आग्रह गरेका थिए ।