असोज ३० गते २०८३ || October 16, 2026

नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा


आइतबार, चैत २७ २०७८११:०६

नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा

काठमाडौं - नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायिका सेन्चुरीकै स्वरमा समावेश ‘निशब्द’ बोलको म्युजिक भिडियोमा उनीहरु देखिएका हुन्।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन् । राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।


  • सम्बन्धित विषय:

  • # म्युजिक भिडियोमा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend